अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । झापामा अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेके छ ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका–६ घर भएका ३४ वर्षीय मधुकर बस्नेत रहेका छन् ।

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा सुनसरी इटहरी एरियाबाट पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?