जेलमा र बाहिर रहेका सहकारी सञ्चालकहरुलाई एकसाथ सोधपुछ गरिने

लोकपथ
259
Shares

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा २८औँ बैठकले प्रतिवेदनको प्रारुपको संरचनागत प्रस्तावका बारेमा छलफल गरेर पारित गरेको र प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाउने सभापति सूर्य बहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘हामीले प्रतिवेदनको प्रारुपका बारेमा संरचनागत प्रस्तावमाथि छलफल गरेर पारित गरेका छौ । अब प्रतिवेदनको मस्यौदाको काम अगाडि बढ्छ । प्रतिवेदनमा कार्यादेशमा उल्लेख भएका बुँदाहरु अनुसार तथ्य विश्लेषणको कामसँगै अगाडि बढाउने छौँ ।’

उनले सचिवालयबाट प्रतिवेदनको विषयवस्तुसहितको आउटलाइन बैठककमा प्रस्तुत भएको र त्यसमा सांसदहरुले आफ्नो धारणा राखेको पनि जानकारी दिए ।

उनका अुनसार बैठकले सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै अघि बढाउने र त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने, सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने भन्नेबारे पनि छलफल भएको छ ।

‘सचिवालयबाट प्रतिवेदनको विषयवस्तु सहितको आउटलाइन बैठककमा प्रस्तुत भएको छ । त्यसमा माननीयज्यूहरुले आफ्नो आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने, ‘प्रतिवेदन मस्यौदाको काम सँगसँगै अगाडि बढाउने र अनुसुचि १ र २ सँग सम्बन्धित सहकारी सञ्चालक जेलमा र बाहिर रहेकाहरुलाई सोधपुछको काम पनि सँगै बढाउने छौँ । त्यसको लागि प्रश्नको प्रारुप तयार गर्ने र सोधपुछ बन्दोवस्तको लागि गृह मन्त्रालय र सम्बन्धित निकायलाई समन्वय गर्ने छलफल गरेका छौं’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?