काठमाडौं । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसँग सम्झौता गरेको हो ।
उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिनसमेत यी दुई कम्पनीबीच सम्झौता भएको छ ।
साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने र उवर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया