गल्फ लुब्रिकेन्टको दुई दिने ‘पार्टनर मिट’ सिमरामा

लोकपथ
42
Shares

काठमाडौं । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले दुई दिने  आफ्नो पार्टनर मिट कार्यक्रम सम्पन्न गरेको छ । 

‘Building Relationship , Accelerating Success’ भन्ने नाराका साथ उक्त पार्टनर मिट कार्यक्रम सम्पन्न भएको हो । 

सिमरामा सम्पन्न उक्त कार्यक्रममा नेपालभर रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेकाे थियो । 

अर्थतन्त्र चलायमान बन्ने तरखरमा रहेको अहिलेको अवस्थामा अघिल्लो वर्षको समीक्षा गरी आगामी दिनको ‘रोड म्याप’ बनाउन सो कार्यक्रममा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ ।  

उक्त कार्यक्रममा सम्बोधन गर्दै ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले सम्बन्धलाई मजबुत बनाई राख्न आफू र आफ्नो टीम लागिपरेको बताए ।

‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन । सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडी बढ्नु पर्नेछ । हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्नमा म र मेरो टीम हरदम तयार र प्रतिबद्ध छ । हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप  लगानी गर्दैछौँ । यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछन ।’ 

त्यस्तै उक्त कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?