कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

लोकपथ
112
Shares

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री कँडेलले उनको दल नेकपा एमाले र नेपाली कांग्रेसका गरी २३ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । त्यस्तै उनको विपक्षमा १४ प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरेका थिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सत्ता सहयात्री फेरिएको छ । त्यससँगै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?