आज काठमाडौं उपत्यका र सिन्धुपाल्चोकसहित ६३ जिल्लामा बाढीको जोखिम

१२ जिल्लामा अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

लोकपथ
1.2k
Shares
फाइल तस्बिर

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) काठमाडौं उपत्यकासहित देशका ६३ जिल्लामा बाढीको जोखिम देखिएको जनाएको छ ।

महाशाखाले आज बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लासहित १२ जिल्लामा अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ बुलेटिनअनुसार आज काठमाडौं उपत्यकाका अलावा सिन्धुपाल्चोक, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहावको उच्च जोखिम देखिएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन हुन अनुरोध छ । यस्तै आज अन्य ५१ जिल्लामा पनि बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, दैलेख, अछाम, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही नदीमा बहाव बढ्ने तथा केहीमा नदीमा आकस्मिक बहावको मध्यम जोखिम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?