काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
रातिदेखि निरन्तर परेको वर्षाका कारण देशभरका खोला तथा नदीहरुमा जल सतहको मात्रा बढेको छ ।
त्यस्तै काठमाडौं उपत्यकाका धेरै स्थान डुवानमा परेको छ । आज र भोलि समेत वर्षा हुने पूर्वानुमान रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया