काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेता लक्षित आक्रामक अभिव्यक्ति दिएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमा लेख्दै मेयर साम्पाङले आगमी ०८४ को निर्वाचनमा आफूलाई जिताउन आग्रह गरे । साथै आफूलाई निर्वाचनमा पुनः जिताएमा नेताहरुलाई रुखमा झुन्ड्याउने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
‘८४ मा मलाई साथ दिनु यी सारा नेता भनाउँदा भ्रष्टहरुलाई रुखमा उँधो मुन्टे झुण्ड्याइनछु भने मेरो नाम हर्क साम्पाङ नै होइन !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया आएका छन् । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको अभिव्यक्ति गलत रहेको भन्दै खण्डन गरेका छन् ।
गत निर्वाचनमा साम्पाङ स्वतन्त्रबाट धरानको प्रमुखमा निर्वाचित भएका थिए । उनी सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रममा समेत आक्रामक अभिव्यक्ति दिने गरेको कारण विवादमा पर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया