काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट–२०८१ सम्पन्न भएको छ ।
कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट– २०८१ भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरुमा स्वागत मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका सीईओ प्रसाईले कार्य सम्पादनमा आउन सक्ने चुनौतिलाई अवसरको रुपमा परिणत गरी अगाडी बड्न हौसला प्रदान गरे । साथै आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन निर्देशन गरे ।
त्यस्तै कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आगामी वर्षको व्यवसायीक रणनीति, बिक्री कला, बीमा बजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराए ।
उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका ब्रान्ड एम्बेसेडर चर्चित कलाकार मनोज गजुरेलको रोचक प्रस्तुती रहेको थियो । त्यसैगरी मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया