सिके राउत भन्छन् : मधेशमा हाम्रो केही चल्दैन, जम्बो मन्त्रिमण्डल कांग्रेस–एमालेले बनाए

लोकपथ
518
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश प्रदेशको जम्बो मन्त्रिमण्डल बनाइएको विषयमा दुई ठुला पार्टीको हात रहेको टिप्पणी गरेका छन् ।

मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ५ राज्यमन्त्री थप गर्दै २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् । त्यससँगै जनमत नेतृत्वको मधेश प्रदेश सरकारको आलोचना भइरहेको छ ।

केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको जनमतलाई मधेशमा दुई ठुला दल कांग्रेस र एमालेले समर्थन गरेका छन् ।

सोही विषयमा सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष राउतले मधेशमा गठबन्धन नेतृत्वको सरकार रहेको बताउँदै त्यसमा मुख्यमन्त्रीलाई मात्रै दोष दिन नहुने भन्दै बचाउ गरे ।

‘बुझ्नुपर्छ ः यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन । गठबन्धन र खासगरी दुई ठुला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुनकुन मन्त्रालय कसले राख्ने । यसमा हाम्रो केही चल्दैन किनकी जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ । त्यसैले हामीले चाहेर मात्र हुँदैन,’ उनले भनेका छन् ।

केन्द्रमा २५ सदस्यीय मन्त्रिपरिषद् भए पनि मधेशमा जम्बो मन्त्रिमण्डल बनाइएको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?