कार्यदलले शीर्ष नेताहरुलाई बुझायो टीआरसीमा सहमतिसहितको प्रतिवेदन

लोकपथ
224
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित कार्यदलले सहमतिसहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा एक विशेष कार्यक्रमकाबीच गृहमन्त्री समेत रहेका कार्यदलका संयोजक रमेश लेखकले उक्त प्रतिवेदन बुझाएका हुन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उपस्थिति रहेको थियो ।

गत बिहीबार संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाएका छन् । उक्त कार्यदलमा कांग्रेसका तर्फबाट लेखक, एमालेका तर्फबाट महेश बर्तौला र माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा सदस्य रहेका छन् ।

बिहीबार संसदीय समितिका सभापति, कानुनमन्त्री लगायत कार्यदलले विवादित विषयमा सहमति जुटाएका हुन् । लामो समयदेखि टुंगो लाग्न नसकेको उक्त विषय टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?