काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA) बीच सवारीसाधनको बीमा गर्ने र गराउने तथा बीमा दाबी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।
बीमितले क्षतिपूर्ति बापतको रकम सहज रुपमा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले यो द्विपक्षीय सम्झौता भएको हो ।
मंगलबार आयोजित एक समारोहबीच नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.मा आफ्नो सवारी साधनको बीमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परी क्षतिग्रस्त भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च बापतको क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त गर्न सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया