खेलाडी प्राथमिकतामा हुनुपर्दछ : मन्त्री चौधरी

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन् ।

उपाध्यक्षको चार वर्षे पदावधि सकिएर बिदा भएका शिव कोईरालालाई सम्मान गर्दै उनले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे ।

बिदाई कार्यक्रममा शिव कोईरालाले परिषद्मा चार वर्ष उपाध्यक्षका रुपमा काम गर्दै धेरै कुराहरु सिकेको भन्दै अझै यस क्षेत्रमा सुधार गर्नुपर्ने धरै विषय रहेको बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पनि नेपाली खेलकुदको विकासका लागि सम्पूर्ण पक्षको एकता आवश्यक हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरु, विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कोईरालालाई सम्मान पत्रसहित बिदाई गरिएको थियो । कोईराला २०७७ साल साउन १२ गते चार वर्षका लागि परिषद्को उपाध्यक्ष पदमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?