काठमाडौं । एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तीन मिनेटमै दुर्घटना भएको विमानस्थलले जनाएको छ ।
विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । तर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा दुर्घटनामा परेको पुष्टि भएको छ ।
सो हेलिकप्टरमा क्याप्टेन अरुण मल्ल र ४ चिनियाँ नागरिक सवार थिए ।
एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी सो हेलिकप्टर उडेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया