काठमाडौं । नेपालमा दुई सातामा दोस्रो वटा हवाई दुर्घटना भएको छ ।
गत साउन ९ गते सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । उक्त विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । उक्त विमानका पाइटल मनिषरत्न शाक्य सकुशल रहेका छन् । उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन् ।
उक्त घटना सेलाउन नपाउँदै बुधबार पुनः अर्को हवाई दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन हेलिकप्टर दुर्घटनामा परेको हो ।
उक्त हेलिकप्टरमा सवार ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ४ जना चिनियाँ नागरिक रहेका छन् भने एक जना हेलिकप्टरका चालक रहेका छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्याचौरमा उक्त दुर्घटना भएको हो । त्यहाँबाट ५ जनाको शव निकालिएको छ भने अहिले थप उद्धारको काम भइरहेको छ ।
दुई साताको अवधिमा भएको छुट्टाछुट्टै हवाई दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।
नेपालमा पछिल्ला केही वर्षा यता निरन्तर हवाई दुर्घटना भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया