काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न नजाने भएका छन् ।
हेलिकप्टर दुर्घटनापछि प्रधानमन्त्री ओली त्यहाँ जाने कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री ओली जाने तयारी रहेको थियो । तर नुवाकोटमा आज एयर डाइनेस्टीको हेलिप्टर दुर्घटनापछि ओलीले कार्यक्रम स्थगित गरेका हुन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
अहिले प्रधानमन्त्री ओलीले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
उक्त खेल केहीबेरमा सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया