कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता

लोकपथ
28
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वरमा रहेको समाज डेन्टलबीच सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर –काठमाडौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धारा चौकी– काठमाडौंं, सितापाइला चोक– काठमाडौं, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड तथा क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिटशतसम्म छुट प्राप्त सक्ने बैंकले जनाएको छ ।

यसका साथै बैंकका ग्राहकहरुलाई उक्त सेवा केन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा विश्वस्त रहेको बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?