काठमाडौं । टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ ।
ग्राहकको सुविधालाई ध्यानमा राखी चार्जिङ्ग स्टेशन थप गरिएको हो । ग्राहक सुविधाहरु थप तथा सेवा सञ्जाल विस्तार कार्य अन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ ।
टाटा मोटर्स को ‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा संचालकहरुले सकारात्मक प्रतिक्रिया दिइएको जनाइएको छ । नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाईमा परेको हो ।
एक्सप्रेस–टी’ मा १ वर्षको गाडीको बीमा, ३ वर्ष सम्मको निःशुल्क सर्भिसिंग, साथै १ लाख १६ हजार किमिसम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरु रहेको छ ।
खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि ‘एक्सप्रेस–टी’ को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ । साथै छिट्टै दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरु भइसकेको जनाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया