काठमाडौं । विद्यार्थी नेतृत्वको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि सुरक्षाको समस्या देखाउँदै बंगलादेशका सयौँ त्यहाँबाट पलायन हुने अवस्थामा पुगेका छन् ।
उनीहरु छिमेकी देश भारत प्रवेशका लागि भारत–बंगलादेश सीमामा भेला भएको त्यहाँका सुरक्षा अधिकारीहरूले बताएका छन् ।
हसिनाको निष्कासनपछि मुस्लिम बहुल बंगलादेशका केहीले उनीसँगको निकट सम्बन्धको आशंकामा हिन्दुहरूको स्वामित्वमा रहेका केही व्यवसाय र घरहरूमा आक्रमण गरेका थिए ।
‘सयौँ बंगलादेशी नागरिक प्रायः हिन्दूहरू, बंगलादेशसँगको भारतको सिमानामा भेला भएका छन्,’ भारतको सीमा सुरक्षा बल (बीएसएफ) का उप–महानिरीक्षक अमितकुमार त्यागीले बताए ।
पश्चिमबंगाल राज्यको भारतीय सिमाक्षेत्रको अन्तिम बिन्दुमा २०० जना र पश्चिमबंगाल राज्यको जलपाईगुडी जिल्लामा ६०० भन्दा बढी भेला भएका त्यागीले बताए ।
‘दुई देशबीचको सिमामा कुनै पर्खाल नभएको कारण बीएसएफका जवानले भीडलाई टाढा राख्न मानव ढाल निर्माण गरेका थिए ।
अधिकारीहरूले सिमा क्षेत्रबाट भीड पन्छाउन हवाई फाएर गरेका थिए,’ उनले भने ।
सन् २००९ देखि सत्तामा रहनुभएका ७६ वर्षीया हसिनाले एक महिनाभन्दा बढी चलेको आक्रामक विरोध प्रदर्शनपछि सोमबार राजीनामा दिएकी थिइन् । त्यसपछि बंगलादेशको सुरक्षा स्थितमा सुधार भएको छ तर उनका समर्थक र पार्टीका अधिकारीमाथि आक्रमणको खबर आएको छ ।
बंगलादेश हिन्दु, बौद्ध, क्रिश्चियन, युनिटी काउन्सिलले यस हप्ताको सुरुमा सोमबार कम्तिमा १० वटा हिन्दु मन्दिरहरूमा आक्रमण गरिएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया