संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन समितिबाट सर्वसम्मतिले पारित

लोकपथ
35
Shares

काठमाडौं । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले यसलाई सर्वसम्मतरूपमा पारित गरेको हो । अब प्रतिनिधि सभाको आगामी बैठकमा सो प्रतिवेदन पेस गरिने भएको छ ।

सो विधेयक २५ फागुन २०७९ प्रतिनिधिसभा दर्ता भएको थियो । सो विधेयक कानुन, न्याय तथा मानवअधिकार समितिमा विचाराधीन थियो ।

विधेयकमा सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते ३ सदस्यीय कार्यदल गठन गरेको थियो । समितिमा कांग्रेस, एमाले र माओवादीका नेता सदस्य थिए ।

कार्यदलले चारवटै विवादित विषयमा सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?