काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी चुस्त र दुरुस्त हुनुपर्ने बताएका छन् ।
आज (बिहीबार) ललितपुर महानगरपालिकाद्वारा प्रकाशित तस्बीरमा नगर प्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नगर प्रहरी स्मार्ट हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘ललितपुर नगरपालिकामा एउटा नयाँ कन्सेप्ट हामीले लियौं, त्यो भनेको चाहीँ नगर प्रहरी चुस्त र दुरुस्त हुनैपर्छ, नगर प्रहरीले स्मार्ट हुनुपर्छ, दिएको आदेश चाहीँ सफलपूर्ण पारेर आउनैपर्छ अनि मात्र काम हुन्छ ।’
साथै उनले प्रहरीले सफल काम नगरे जनप्रतिनिधिको सुरक्षा महाभारत जस्तै हुने जिकिर गरे । उनले नगर प्रहरीले राम्रो काम गरे मात्र जनप्रतिनिधिको पनि सम्मान हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया