पानीको मूल्य तोकियो : जारको ४७, बोतलको १६ रुपैयाँ भन्दा बढी लिन नपाइने

लोकपथ
28
Shares

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण विभागले जारको पानी र बोतल (१ लिटर) को पानीको अधिकतम खुद्रा तथा बिक्री मूल्य तोकेको छ ।

विभागले जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ र बोतलको पानीमा अधिकतम १६ रुपैयाँ तोकेको हो । विभागका निर्देशक राकेश पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।

तोकेबमोजिम मूल्यमा पानी बिक्री नगर्ने होटल–रेष्टुरेण्ट एवं व्यवसायिक फर्महरुलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने विभागले चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?