टाटा मोटर्सले साउनमै ल्यायो दशैँ अफर

लोकपथ
21
Shares

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले साउन महिनामा नै दशैँ कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यही श्रावण २५ देखी २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रम अन्तर्गत निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

साथै साउनमै दशैँ कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । त्यसका साथै उक्त कार्यक्रममा सहभागी भई नयाँ टाटाका विद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाईदा उठाउन समेत कम्पनीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?