काठमाडौं । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक इन्फिनिटी ड्रिम्स प्रालेख प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरेको हो ।
प्रतियोगितामा सहभागी हुने टिममा लिगको पहिलो सिजनमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेस, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले रहेका छन् ।
आयोजकका अनुसार हरेक टोलीले १४ खेलाडीमा नौ नेपाली र पाँच विदेशी राख्न पाउनेछन् । नेपाली खेलाडीको ड्राफ्ट सूची र प्रतियोगिताको मिति केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
टिम काठमाडौंको प्रवर्द्धकमा शरदकृष्ण टिबरेवाला, टिम ललितपुरको प्रवर्द्धकमा अनुज तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल ९कोरसिंक नेपाल० रहेका छन् । टिम मधेसको प्रवर्द्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल रहेका छन् भने टिम गण्डकीको प्रवर्द्धकमा सौरभ केडिया रहेका छन् ।
त्यस्तै टिम चितवनको प्रवर्द्धकमा निम्बस होल्डिङस तथा टिम कर्णालीको प्रवर्द्धकमा राजेश बगडिया र प्रतीक अधिकारी रहेका छन् । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई तीन समूहमा विभाजन गरिनेछ ।
त्यसमध्ये पहिलो समूहमा रहने खेलाडीको मूल्य एक लाख ५० हजार, दोस्रो समूहमा रहने खेलाडीको मूल्य एक लाख र तेस्रो समूहमा रहने खेलाडीको मूल्य ५० हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया