विद्युत प्राधिकरणका दुई सदस्य हटाउने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

लोकपथ
1.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका २ सञ्चालकलाई हटाउने सरकारको निर्णयमा अंकुश लगाएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले प्राधिकरणका दुई सञ्चालक सदस्यहरुलाई हटाउने निर्णय कार्यान्वन नगराउन अन्तरिम आदेश दिएको हो ।

त्यस्तै पोखरेलको इजलासले सरकारले हटाएका कपिल आचार्य र भक्तबहादुर पुनको पद पुनर्बहाली गर्न समेत आदेश दिएको छ ।

गत असार १८ गते सरकारले आचार्य र पुनलाई हटाएर उनीहरुको स्थानमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई ल्याउने निर्णय गरेको थियो ।

सरकारले बिना कारण आफूहरुलाई हटाएको भन्दै आचार्य र पुन सर्वोच्च पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?