एनआईसी एसिया बैंकद्वारा दुर्घटना बीमा बापतको १० लाख रुपैयाँ हस्तान्तरण

लोकपथ
140
Shares

मुगु । एनआईसी एसिया बैंकले दुई वर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजना अन्तर्गत शून्य बचत खाता खोलेका बचतकर्ताको दुर्घटना बीमा बापतको १० लाख रकमको चेक हस्तान्तरण गरिएको छ ।

दुई वर्ष अगाडि संचालनमा ल्याएको सर्वश्रेष्ठ बचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका बचतकर्ता छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाँउका गोर्खसिंह खड्काकी श्रीमती मायादेवी खड्कालाई एनआईसी एसिया बैंक मुगु शाखाले दुर्घटना बीमाको १० लाखको चेक हस्तान्तरण गरेको हो ।

छायाँनाथ रारा नगरपालिका—१३ लुमा गाउँका ३८ वर्षीय खड्काले ०७९ जेठ २६ गते एनआईसी एसिया बैंकको सर्वश्रेष्ठ बचत योजना अन्तरगत शुन्यबचत खाता खोलेका थिए । 

बैकले खाता खोल्ने आफ्ना ग्राहककालागी १० लाख बराबरको दुर्घटना  बीमाको योजना ल्याएको थिए । खड्काको ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो । 

उक्त योजनामा खाता खोलेका खड्काको दुर्घटनामा परी मृत्यु भएकाले उनको श्रीमतीलाई १० लाखको चेक हस्तान्तरण गरेको एनआईसी एसिया बैंक मुगु शाखाका प्रबन्धक बिश्वराज बुढाले बताए ।

 आफना श्रीमानले बैकमा खाता खोलेको आफुलाई जानकारी थिएन । ०७९ असार १२ गते खोलाले बगाएर मृत्यु भएको थियो ।  

बैकले आफुलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । उक्त रकम सोही बैकमा मुद्धतिमा राखेर त्यसबाट आएको ब्याजले छोराछोरीको पढाइमा खर्च गर्ने खड्काकी श्रीमती मायादेबीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?