काठमाडौं । सङ्खुवासभामा सुन तथा गहना चोरी गर्ने र चोरीको सामान किन्नेसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका १९ वर्षीय अनिस विष्ट, मोरङको सुन्दरहरैंचा स्थित रोनिस ज्वेलर्सका संचालक महेन्द्र कुमार थापा र खाँदबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय रविन विश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई चैनपुरबाट बस चढेर इटहरीतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गत साउन ९ गते विष्टले खाँदबारी–७ बेलडाँडाको एउटा घरबाट र खाँदबारी–६ पाङ्खाको अर्को घरबाट सुनका गरगहना तथा मोबाइल चोरी गरेका थिए । सोही चारी गरेको सुनका गरगहना थापा र विश्वकर्माले खरिद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया