काठमाडौं । दरबारमार्गस्थित महेन्द्र शालिकबाट काठमाडौं प्लाजातर्फ जाने सडक भासिएको छ ।
बिहीबार साँझ त्यहाँको सडक भासिएपछि अहिले आवागमन बन्द भएको छ ।
काठमाडौं महानगरपालिकाको हालको कार्यालय नजिकै टुकुचामाथि बनाइएको सडक भासिएको हो ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा छोपिएको टुकुचा उत्खननको काम थालेका थिए । तर त्यसको विरुद्ध अदालतमा मुद्दा परेपछि अहिले टुकुचा उत्खननको काम रोकिएको हो ।
हेर्नुहोस् तस्बिर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया