धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी २७ गते आइतबार दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको हो । संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ । कांग्रेस संसदीय दलका नेता कमल शाह आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मुख्यमन्त्री नियुक्त भएको आठ दिनमै विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थमा शाह मुख्यमन्त्री भएका हुन् । उनको सरकारमा नागरिक उन्मुक्ति पार्टी पनि समावेश भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश बिहीबार प्रमाणीकरण भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया