विद्युत क्षेत्रलाई गुणस्तरीय बनाउन सम्झौता अनुसार काम भएको छ : कुलमान घिसिङ

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हरेक नेपालीको घरमा विद्युत पुर्‍याउन विद्युतीकरण र विद्युतीय क्षेत्रलाई गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुदृढिकरणका लागि पर्याप्त काम भएको दाबी गरेका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका कामकारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले आफू प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्दै गर्दा ऊर्जा मन्त्रालयसँग गरेको सम्झौता अनुसार नै सुचकांकहरुमा सुधार भएको दाबी गरे ।

उनले भने, ‘ऊर्जा मन्त्रालय र प्राधिकरणमा आउने बित्तिकै विभिन्न सुचाकंहरुमा सुधार ल्याउनेगरी सम्झौता भएको थियो । ऊर्जा मन्त्रालयले गरेको कार्य सम्पादन र सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/०७९, २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ प्रतिशत अंक प्राप्त भएको छ ।’

मुलुकलाई लोडसेडिङमुक्त गरेर विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपूर्ति गराउन प्रणालीको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विकास गरिएको उनको दाबी छ ।

‘हरेक नेपालीको घरमा विद्युत पुर्‍याउन विद्युतीकरण, भरपर्दो गुणस्तरीय तथा सुरक्षित बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवं सुद्धृढिकरण, उत्पादनतर्फका ठुला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा अतिरिक्त भएको विद्युत निर्यातलगायतलाई उच्च प्राथमिकतामा राखेका छौँ । देश लोडसेडिङमुक्त भएर विद्युत आपूर्ति हुन थालेपछि प्रणालीमा उत्पन्न भएको चुनौतीलाई सम्बोधन गर्न तथा उपभोक्ताहरुलाई विद्युत आपूर्ति गराउन प्रणाीलको विकास एवं पूर्वाधार निर्माणलाई प्राविधिक रुपमा विषेशगरी अगाडि बढाइएको छ,’उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?