काठमाडौं । सुन्दरीजल घुम्न गएका युवक मृत अवस्थामा फेला परेका छन् ।
महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घुम्न गएका पौडेल घट्टेखोलामा खसेर बिहीबार साँझ बेपत्ता भएका थिए ।
प्रहरी वृत्त बौद्वबाट खटिएका प्रहरी टोलीले पौडेलको शव फेला पारेको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया