‘द्वन्द्वपीडित महिलाहरुले अनुहार छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य होस’

लोकपथ
119
Shares

काठमाडौं । माओवादी केन्द्रकी नेतृ देवी खड्काले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पीडितमैत्री भएको बताएकी छिन् । 

शनिबार काठमाडौंमा आयोजित ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै नेतृ खड्काले राजनीतिक रुपमा सहमति भएर अघि बढेको विधेयकले पीडितको घाउमा मल्हम लगाउने उल्लेख गर्दै समाज परिवर्तनको प्रक्रियामा ईट्टा थप्ने काम गरेको बताइन् । 

आफूहरु टिआरसी सम्बन्धी विधेयक अगाडि बढाउन लामो समयदेखि संघर्ष गरिरहेको उल्लेख गर्दै उनले अब द्वन्द्वपीडित महिलाहरुले अनुहार छोपेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरिन् । 

‘अब घटनामा परेर पीडित हुने महिलाहरुले अनुहार छोपेर हिँड्नुपर्दैन । पीडकहरुले अनुहार लुकाउन नपरेपनि छलेर हिँड्नुपर्ने अवस्था आयो भने समाज ठिक ठाउँमा पुग्छ । दस्ताबेज संसदबाट पास भएपछि आयोग स्थापना हुनेछ र उजुरी दर्ता हुन सुरु हुनेछ,’ उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?