‘जनतामा निराशा आउन दिनुहुँदैन’

लोकपथ
84
Shares

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब देशमा  केही हुन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँ स्मृति दिवसका अवसरमा बालकोटमा आज आयोजित  कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए  ।

उनले भने, ‘देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिएको छ , यसलाई चिर्नुपर्छ ।  विकास भइरहेको छ,  अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ ।’

कार्यक्रममा गणेश आधारभूत विद्यालय बालकोटका १०८ बालबालिकालाई झोला एवं शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?