बंगलादेशमा पुन: आन्दोलन चर्काउँदै विद्यार्थी, मागे प्रधानन्यायाधीशको राजीनामा

लोकपथ
2.5k
Shares

ढाका । बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि विद्यार्थी आन्दोलन रोकिएको छैन । शनिबार आन्दोलनरत विद्यार्थीले बंगलादेशको सर्वोच्च अदालत घेराउ गरेका छन् ।

विद्यार्थीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन्। प्रधानन्यायाधीशले पूर्वप्रधानमन्त्री शेख हसिनाको पक्षमा न्यायिक विद्रोह गर्ने काम गरिरहेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

यसअघि बंगलादेशमा अन्तरिम सरकार गठन भएको थियो । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शाहबुद्दीन, सैनिक नेता र विद्यार्थी नेताहरूबिचको बैठकपछि प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा मनोनीत गर्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?