युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु

लोकपथ
847
Shares

काठमाडौं । रूस र युक्रेनबीचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गरेको छ । 

रूसले ‘ट्याङ्क रकेट लन्च’ र उड्डयन एकाईसहित अतिरिक्त सेना र उपकरणहरू सिमा क्षेत्रमा तैनाथ गरेको छ ।

अभियान सुरु गरिएका क्षेत्रमा आवगमन प्रतिबन्धित गरिएको, फोन कलहरूमा निगरानी गरिएको छ र यी क्षेत्रलाई ‘नो–गो जोन’ घोषणा गरी प्रमुख पूर्वाधारमा सुरक्षा कडा गरिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले रूसका धेरै क्षेत्रमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ ।

समितिले युक्रेनको आक्रमणलाई आतङ्कवादी आक्रमण घोषणा गर्दै कियभका सेनाले नागरिकमाथि आक्रमण गरेको र आवासीय भवनहरू ध्वस्त पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?