नवलपरासीमा तीस करोड राजस्व सङ्कलन

लोकपथ
105
Shares

नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार ९ सय ५३ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने सङ्ख्या केही घटेको बताउँदै राजस्व सङ्कलन आव २०७९/८० को हाराहारीमा भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताए ।

‘गत आवमा सवारीसाधन करवापत २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबवापत पाँच करोड ६ लाख ५२ हजार ९ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत आठ लाख दुई हजार६ सय ९० राजस्व सङ्कलन भएको छ, ’उले भने।

प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन् । आव २०७९/८० मा कूल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव ६ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएका उनले जानकारी दिए ।

जिल्लास्थित यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेका कार्यालय प्रमुख केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?