गायक प्रकाश तिमिल्सिनाको मृत्यु

लोकपथ
959
Shares

काठमाडौं । गायक प्रकाश तिमिल्सिना मृत अवस्थामा भेटिएका छन् । शनिबार साँझ ललितपुर महानगरपाकिा–१८ भैँसेपाटीस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम सकिएपछि आजै तिमिल्सिनाको अन्त्येष्टि पशुपतिमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तिमिल्सिना रियालिटी शो नेपाली ताराबाट नेपाली गायन क्षेत्रमा प्रवेश गरेका थिए । तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, जस्ता गीतहरू चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?