सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आजदेखि २९ गतेसम्म

लोकपथ
42
Shares

काठमाडौं । सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आज देखि सुरु गरेको छ । आजदेखि ‘KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE‘ नाराका साथ सुरु भएको यस क्याप श्रावण २९ गते सम्मका लागि आयोजना गरिएिको हो ।

सुजुकीका ग्राहकलाई वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पुग्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको भोग्नुपर्ने विषयमा जानकारी गराउन र गाडीलाई राम्रो अवस्थामा राखिराख्न यस क्याम्पको आयोजन गरिएको हो ।

साथै सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्ने छन् । त्यसैगरी सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुको साथै एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?