काठमाडौं । राज्य व्यवस्था समितिले भ्रष्टाचार निवारण ऐनको विषयमा छलफल गर्न गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलाएको छ ।
आइतबार बसेको समिति बैठकले गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई बोलाइएको हो ।
समितिका सभापति रामहरि खतिवडाका अनुसार, साउन ३१ गते बस्ने बैठकका लागि उनीहरुलाई बोलाइएको हो । उनीहरूलाई भ्रष्टाचार निवारण ऐनको विषयमा छलफलका लागि बोलाइएको समितिका सभापति खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया