काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक छेऊ, सम्पदास्थल र सहरी वन आदि स्थानमा झिलिमिली बत्ती जडानमा रोक लगाएको छ ।
यस्ता स्थानमा राखिएका बत्तीहरुको व्यवस्थापनको सम्बन्धमा अर्को व्यवस्था नभएसम्म नयाँ झिलिमिली बत्ती खरिद र जडान कार्य अघि नबढाउन महानगरले सबै विभागलाई निर्देशन दिएको हो ।
केही दिनअघि बसेको काठमाडौं महानगरपालिका अनुगमन तथा मूल्यांकन समितिको बैठकले बत्ती व्यवस्थापन सम्बन्धमा सो निर्णय लिएको हो । महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसबारे सबै विभागलाई जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया