स्वास्थ्यमन्त्रीको योजना : बीमाको दायरा बढाउने, सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र

लोकपथ
392
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले सात वटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेले आज मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सो कुरा जानकारी गराएका हुन् ।

उनले सात वटै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गर्ने समेत बताए ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रकमको दायरा बढाएर कम्तीमा पाँच लाख रुपैयाँ बनाउने जानकारी दिए ।

‘हामी कर कोषबाट ल्याएर बिमामा रकम थप गरेर भए पनि स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा छौँ,’ मन्त्री पौडेलले भने, ‘चिनीजन्य सामग्रीमा कर लगाएर भए पनि बिमामा रकम बढाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?