पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा 

लोकपथ
273
Shares
फाइल तस्बिर

बैतडी । वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएकाे छ। डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा  १५ लाख बराबरको क्षति पुगेको बताए । पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि  जोखिममा रहेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?