विदेश जाने मात्र होइन, स्वदेश फर्किनेको संख्या पनि उच्च छ : उपमेयर डंगोल

लोकपथ
126
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् ।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले  भनिन्, ‘विदेशिने  युवाहरुको जमात बढ्दो  छ । सँगसँगै विदेशबाट स्वदेश फर्किने युवाहरुको जमात पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पुँजी मात्र फर्किँदैन उनीहरुले सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन् ।

उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले  भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको  पनि सपना भैइसकेको छ । त्यसैले यस्ता क्रियाकलापलाई हामीले रोक्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?