काठमाडौं । ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभा खादवारी नगरपालिका–५ भोटेबास घर भई हाल काठमाडौं महानगरपालिका–१८ बस्ने २५ वर्षीय मिङमा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुले काठमाडौं महानगरपालिका–२५ उग्रतारा मन्दिर अगाडि २४ वर्षीय पुरूषलाई शुक्रबार राति खुकुरी प्रहार गरी घाइते बनाई वारदात पश्चात फरार रहेका थिए ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया