अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत अवरुद्ध 

लोकपथ
77
Shares

 म्याग्दी । अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत आपूर्ति अवरुद्ध भएको छ । 

अन्नपूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२/११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विधुत अवरुद्ध भएको हो ।

अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युतको प्रशारण लाइनका पोल, तारमा क्षति पुगेको थियो । 

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताए । विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?