काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले सुमेरू बचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।
आज समितिले सिंहसँग सोधपुछ गरेको समितिका संयोजक सूर्यबहादुर थापाले जानकारी दिए ।
सो क्रममा सिंहले आफ्नो व्यक्तिगत सम्पत्तिबाट समेत पीडितहरुको बचत रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।
हाल बन्द अवस्थामा रहेको उक्त सहकारी पुनः सञ्चालनमा ल्याउने तयारी गरेको समेत बताएका छन् । नयाँ सञ्चालक समिति ल्याएर सहकारी सञ्चालन गर्ने तयारी भइरहेको र बचतकर्ताहरुको रकम फिर्ता गर्ने बताए ।
समस्याग्रस्त सहकारीका सञ्चालक र सहकारी ठगी प्रकरणसँग जोडिएका व्यक्तिहरुसँग समेत छानबिन समितिले बयान लिने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया