काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ ।
मंगलबारका लागि संसदीय दलको बैठक आह्वान गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय साथै ५ एजेण्डामाथि केन्द्रित रहेर छलफल हुनेछ ।
बैठकका लागि प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र विविध एजेण्डा तय गरिएको छ ।
बैठक भोलि बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया