महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनलबीच समझदारी पत्रमा हस्ताक्षर 

लोकपथ
49
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत ईन्टरनेशनल प्रा.लि. बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने बैंकले जनाएको छ ।

 विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर (QR) कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?