‘मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्था आयो’

लोकपथ
35
Shares

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतले मिडियाको पुन परिभाषित गर्नुपर्ने अवस्था आएको बताएकी छिन् । 

सोमबार काठमाडौंमा राष्ट्रिय युवा संघले आयोजना गरेको ‘नेपालको राजनीतिमा युवा र आजको डिजिटल प्रविधि’ विषयक कार्यक्रममा उनले सामाजिक सञ्जाल र सञ्चार माध्यमकोबीचको भिन्नतासमेत छुट्याउन सक्ने अवस्था नरहेको भन्दै मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्थामा आएको बताएकी हुन् ।

उनले भनिन्, ‘मिडियाको पुनः परिभाषित गर्नुपर्ने अवस्थामा पुगेका छौ । किनभने म युट्युवमा कार्यक्रम चलाउँछु । मेरी आमाले मेरो छोरी त टेलिभिजनमा कार्यक्रम चलाउँछे भन्नुहुन्छ । किनभने उहाँहरुलाई टेलिभिजन के हो र युट्युब च्यानल के हो भन्ने थाहा छैन ।’

उनले सूचनाको हक भएको ठाउँमा गोपनीयताको हक हुन एकदमै आवश्यक रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गोपनीयताको हक भंग गरेको टिप्पणी गरिन् ।  

उनले भनिन्,‘सूचनाको हक भएको ठाउँमा गोपनीयताको हक हुन एकदमै आवश्यक छ । हामी कस्तो अवस्थामा आएको छौ गोपनीयताको हक लागू भने भइसकेको अवस्था छैन । अर्काको कोठाको ढोका ढकढक्याएर के गरिरहेको छौँ भन्ने अधिकार छैन । कोही श्रीमान श्रीमतीको चासो लिने अधिकार छैन । त्यसलाई हेर्ने कानुन छुट्टै छ ।’

त्यस्तै कार्यक्रममा राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेवेले राजनीतिकर्मी र युवा राजनीतिज्ञहरुले समयसँगसँगै आफूमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।  आजको विज्ञान प्रविधिमा युगमा राजनीति गर्ने राजनीतिज्ञहरु पनि डिजिटलाइज हुन आवश्यक रहेको उनको भनाई छ । 

उनले भने,‘राजनीतिकर्मी र युवा राजनीतिज्ञहरुले समयसँगसँगै आफूमा बद्लाभ ल्याउनैपर्छ । समयसँगै परिवर्तन हुनैपर्छ र आफूले आफैँलाई अपडेट गराएर अगाडि लैजानुपर्छ । आजको विज्ञान प्रविधिमा हुँदाहुँदै एआईको जमाना सुरु भइसक्यो । यो जमानामा आफूलाई अपडेट गरेनौँ भने पछि पर्छौ । राजनीति गर्ने राजनीतिज्ञहरु पनि डिजिटलाइज हुन आवश्यक छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?