काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको आधुनिक विकासको मोडेल र लगानी नेपाललाई आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल–चीनमैत्री समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले नेपालको आर्थिक संकुचन व्यापार घाटाको अवस्थामा छिमेकी मुलुकहरूको आर्थिक वृद्धिको लाभ नेपालले लिन आवश्यक रहेको बताए ।
उनले भने, ‘ यतिखेर मुलुकको आर्थिक संकुचन व्यापार घाटा त्यसमा स्वभाविक रुपमा छिमेकी मुलुक चीनको प्रभाव छ । व्यापारको घाटा आज डरलाग्दो छ । व्यापार असन्तुलनले मुलुकको अर्थतन्त्र प्रभावित छ । यतिखेर छिमेकी मुलुकहरू जुन आर्थिक वृद्धिदरमा अगाडि बढेको छ्न । त्यसको लाभ हाम्रो मुलुकले लिन आवश्यक छ । चीनको आधुनिक विकासको मोडेल र लगानी हाम्रो मुलुकलाई आवश्यक छ ।’
उनले आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरु परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्त्व अझ बढेर गएको भन्दै भने, ‘आज नेपाल र चीनको सम्बन्ध त्यसका आयामहरु परिवर्तनको सम्बन्धमा यसको सान्दर्भिकताको महत्त्व अझ बढेर गएको छ । विशाल मुलुक चीन जसले आज समृद्धिको यात्रा अगाडि बढाएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया